Home मुख्य समाचार चुरेहिल अस्पतालका डाक्टरलाई आक्रमण गर्ने अजित पक्राउ

चुरेहिल अस्पतालका डाक्टरलाई आक्रमण गर्ने अजित पक्राउ

हेटौँडा : हेटौँडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि आक्रमण गर्ने हेटौँडा–११, नवलपुरका अजित विडारीलाई प्रहरीले पक्राउ गरेको छ । बिडारीले बुधबार साँझ ७ बजेको समयमा अर्थोपेडिक सर्जन डा. शाहलाई हातपात गरेका थिए ।

बिडारीलाई शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिनुभयो । बिडारीले दुर्घटना भएर उपचारका लागि ल्याएका विरामीको रिफर गर्ने विषयमा विवाद हुँदा विडारीले चिकित्सक डा. शाह माथि हातपात गरेका हुन् । विवादका बीच विडारीले डा. शाहलाई धकेल्नुको साथै मुक्का प्रहार गरेका थिए ।

Exit mobile version