Home खेलकुद पिप्ले युवा क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने, नेपालगञ्ज–११ सँगको मैत्रीपूर्ण खेलमा ३–१...

पिप्ले युवा क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने, नेपालगञ्ज–११ सँगको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित

‘सी’ डिभिजन छनोट खेल खेल्ने तयारीमा रहेको पिप्ले युवा क्लबको टिम ।


हेटौँडाः ‘सी’ डिभिजन लिग फुटबल खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लब र नेपालगञ्जको नेपालगञ्ज–११ बीच मंगलबार मैत्रीपूर्ण खेल भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा पिप्ले युवा क्लब १–३ गोलअन्तरले पराजित भएको छ ।

मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । नेपालगञ्ज–११ एक सातादेखि हेटौँडामै बन्द प्रशिक्षणमा छ । काठमाडौं जानुअघि हेटौँडामै रहेर बन्द प्रशिक्षण सञ्चालन गरिने नेपालगञ्ज–११ का अधिकारीले जनाएका छन् । पिप्ले युवा क्लबले पनि २ सातादेखि बन्द प्रशिक्षण सुरु गरेको जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ४ गतेबाट ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

हेटौँडाको पिप्ले युवा क्लब पहिलो पटक ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेको हो भने नेपालगञ्ज–११ अघिल्लो पटक सेमिफाइनलमा पराजित भएको टिम हो । ‘सी’ डिभिजन लिग छनोटमा ३९ वटा टिमको सहभागिता रहने छ । ३ वटा टिमको १३ वटा समूह बनाएर लिग खेलाएर समूह विजेताबीच नकआउट चरणको खेल खेलाइनेछ । ‘सी’ डिभिजन छनोटको फाइनल खेल्ने २ टिमले आगामी ‘सी’ डिभिजन लिग फुटबल खेल्नेछ ।

Exit mobile version