हेटौँडा : मोटरसाइकल दुर्घटनामा परेर हेटौँडा–८, कमानेका २४ वर्षीय आयुष बसनेतको मृत्यु भएको छ ।
शनिबार दिउँसो ५ बजेर ३० मिनेटको समयमा कालिका मन्दिरबाट कमानेतर्फ जाँदै गरेको बा प्र ०६–००२ प ४८६२ नम्बरको मोटरसाइकल हेटौँडा–८, कमानेको राजपानी टोलमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा आयुषको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा परी अचेत भएका आयुषलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । बस्नेतलाई आइतबार बिहान साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।
