Home मुख्य समाचार ३ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

३ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लाका एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रामेछाप र सिन्धुली जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका–४, भर्याङबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय दिल बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राती ९ बजेर ३० मिनेटको समयमा तामाङ दुई तले पक्की भवनको माथिल्लो तलाको भर्याङबाट लडेर गम्भिर घाइते भएका थिए । तामाङलाई उपचारका लागि जिरी अस्पताल दोलखा लगिएको थियो । उपचारको क्रममा तामाङको शनिबार बिहान मृत्यु भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, तल्लो बाराहामा मोटरसाइकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएका छ । शुक्रबार बिहान ५ बजेर ५ मिनेटको समयमा बिपि राजमार्ग सडकखण्डमा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती एएए २०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकीएर १५ फिट तल भिरमा खस्दा चालक गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालक धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–९, बस्ने ३९ वर्षीय लोबसाङग होइदेनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा लोबसाङगको बिहान ६ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारमा बिरामी अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार राती ८ बजेको समयमा हाल नाम थर नखुलेको अन्दाजी ३६ वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा राती १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version