हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ मा ट्रकको ठक्करबाट ८४ वर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको छ ।
बिहीबार दिउँसो ४ बजेको समयमा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले किच्दा स्याङ्तानको मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रकचालक धनुषा जिल्लाको मिथिला नगरपालिका ६ का २५ वर्षीय सन्जीवकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।
