Home मुख्य समाचार ध्वनि प्रदुषण गर्ने ७ वटा मोटरसाइकल मकवानपुर प्रहरीको नियन्त्रणमा

ध्वनि प्रदुषण गर्ने ७ वटा मोटरसाइकल मकवानपुर प्रहरीको नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएका ध्वनि प्रदुषण गर्ने मोटरसाइकलहरु ।

हेटौँडा : स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने ७ वटा मोटरसाइकल मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार विभिन्न समयमा हेटौँडा बजार क्षेत्रबाट प्रहरीले ती मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदुषण गरेको भनी सर्वसाधारणले आलोचना गरेपछि प्रहरीले कारवाही अगाडि बढाएको हो । प्रहरीले ती मोटरसाइकलमाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Exit mobile version