Home मुख्य समाचार डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०८१ काठमाडौं निवासी डा. विन्दुलाई

डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०८१ काठमाडौं निवासी डा. विन्दुलाई

हेटौँडा : साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि जेनन नेपालद्वारा आफ्ना हजुरबुबा डम्बर नेपाल र हजुरआमा पूर्णमाया नेपालको स्मृतिमा स्थापना गरिएको डम्बर पूर्णमाया स्मृति कविता सम्मान प्रदान गरिने भएको छ ।

मंगलबार सङ्गमले एक विज्ञप्ति जारी गर्दै नेपाली साहित्यमा कविता रचनामार्फत महत्त्वपूर्ण योगदान पु¥याएका विशिष्ट कविहरूलाई समर्पण गरिँदै आएको यो सम्मान २०८० गण्डकि प्रदेश बाग्लुम जिल्लाका कवि भूपिन र २०८१ काठमाडौं निवासि डा. विन्दु शर्मा प्रदान गरिने भएको छ । कविहरुलाई २२ हजार दुई सय २२ रुपैयाँसहित सम्मान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि, २०७९ सालमा कवि मनु मञ्जिललाई यो सम्मान प्रदान गरिएको थियो । कार्यक्रम शनिबार बिहान ८ बजे मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा हुनेछ ।

Exit mobile version