Home खेलकुद आयोजकले जित्यो महिला फुटबलको उपाधि

आयोजकले जित्यो महिला फुटबलको उपाधि

उपाधिसाथ कमाने एकेडेमीको टिम ।

हेटौँडा : हेटौंडा–८, कमानेमा शनिबार सम्पन्न ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कमाने फुटबल एकेडेमीले जितेको छ । चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ४–० गोलअन्तरले हराउँदै आयोजक कमाने फुटबल एकेडेमीले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता कमाने फुटबल एकेडेमीले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेटौँडा फुटबल एकेडेमीले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Exit mobile version