हेटौँडा : हेटौँडा–१९, बस्तिपुरस्थित राप्ती खोलाको बगरमा एक जना पुरुषको शव फेला परेको छ । सोमबार साँझ ५ बजेको समयमा बस्तिपुरबाट भुद्रुङतर्फ जाँने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा हाल नामथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ भने घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
