Home मुख्य समाचार ज्येष्ठ नागरिक संघ मकवानपुरमा पुनः सिग्देल

ज्येष्ठ नागरिक संघ मकवानपुरमा पुनः सिग्देल

हेटौँडाः ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरको १३ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बिहीबार हेटौँडा–२, चौकीटोलस्थित ॐ बृद्धाश्रममा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । संघका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन समारोह भएको हो ।


अधिवेशनबाट पुनः हरिप्रसाद सिग्देलको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्ष बुद्धिप्रसाद पौडेल, सचिवमा दीपक सुवेदी, सहसचिवमा यादव प्रसाद गजुरेल र कोषाध्यक्षमा बेगम बराल चयन हुनु भएको छ । त्यसैगरी सदस्यतर्फ केशवप्रसाद सञ्जेल, अर्जुन प्रसाद पोखरेल, खड्ग बहादुर कार्की, टीकाप्रसाद तिमल्सिना, सिद्धिलाल श्रेष्ठ, शिवप्रसाद आचार्य, अनुराधा उप्रेती र गोपाल शर्मा चयन हुनु भएको छ ।


साधारणसभाले कुमारमणि दहाल संयोजक रहेको निर्वाचन संयोजन तथा बैठक प्रमाणीकरण समिति गठन गरेको छ । त्यस्तै बजेटको सुनिश्चितता र थप सहयोगात्मक कार्यक्रमका लागि सम्बन्धित कार्यालय, निकाय र संस्थाहरूमा पहल पु¥याउने निर्णय गरेको छ । यस कार्यमा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौलाले सहयोग गर्नुहुनेछ । जिल्लाका सबै पालिकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ ।


त्यसैगरी नगरसँग सहकार्यका लागि कार्यक्रम प्रस्तावहरू पेश गर्ने, साधारण सदस्यता नवीकरण गर्दा स्वेच्छिक रूपमा पाँच वर्षसम्मको एकैपटक नवीकरण गर्न पाउने व्यवस्था मिलाउने, हेटौँडा उपमहानगरपालिका ज्येष्ठ नागरिक समन्वय समितिबाट संघमा प्रतिनिधित्वका लागि पत्राचार गरी अनुरोध गर्ने निर्णय साधारण सभाबाट भएको छ ।


हेटौँडा उपमहानगरपालिका महिला तथा ज्येष्ठ नागरिक महाशाखाका निर्देशक विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, ज्येष्ठ नागरिक बागमती प्रदेश संघका महासचिव केशवप्रसाद सञ्जेल, प्रदेश संघका सल्लाहकार बुद्धिप्रसाद पौडेल, ज्येष्ठ नागरिक मञ्च हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष रामचन्द्र ढकाल लगायतकाको उपस्थिति रहेको थियो ।

Exit mobile version