Home मुख्य समाचार कक्षा १२ को मौका परीक्षा सुरु

कक्षा १२ को मौका परीक्षा सुरु

कक्षा–१२ को परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : कक्षा १२ को पूरक (मौका) परीक्षा मंगलबारबाट सुरु भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्धारित समयमा हुन नसकेको परीक्षा मंगलबारबाट सुरु भएको हो ।

पहिलो दिनको मौका परीक्षामा ९४ आनुपस्थित हुँदा १ हजार ७ सय १६ जना उपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयले जनाएको छ । मौका परीक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा क्याम्पस गरी मकवानपुर जिल्लामा ५ वटा केन्द्र तोकिएको छ । मकवानपुर जिल्लाबाट कुल १ हजार ८ सय १० जना विद्यार्थीले पूरक परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्रिबहादुर पाठकले बताउनु भयो ।

मंगलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषयको परीक्षा भएको थियो भने दुई विषयमा परीक्षा दिनेहरुका लागि आफूले परीक्षा दिने विषयमध्ये सानो कोड नम्बर भएको विषयको परीक्षा भएको थियो । त्यसैगरी आज बुधबार अनिवार्य नेपाली र दुई विषयमा परीक्षा दिनेहरुका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म हुनेछ ।

Exit mobile version