Home मुख्य समाचार निर्माण व्यवसायी संघ मकवानपुरको बहुउद्देश्यीय भवन शिलान्यास

निर्माण व्यवसायी संघ मकवानपुरको बहुउद्देश्यीय भवन शिलान्यास

निर्माण व्यवसायी संघको बहुउद्देश्यीय भवन शिलान्यास गरिँदै ।

हेटौँडा : निर्माण व्यवसायी संघ मकवानपुरको बहुउद्देश्यीय भवनको शिलान्यास भएको छ । सोमबार हेटौँडा–४ स्थित संघको स्वामित्वमा रहेको जमिनमा ६ तल्ले भवनको शिलान्यास गरिएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो । ४ करोड ३९ लाख रुपैयाँको लागतमा बन्न लागेको भवन १ वर्षभित्र बनाउने लक्ष्य रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव चौलागाईंले जानकारी दिनुभयो । नयाँ भवन बहुउद्देशीय हुनाले अध्यक्ष, महासचिवअ सचिवको कक्षसहित सभाहल र अन्य आवश्यकता अनुसार व्यावसायिक कन्सल्टेन्सीका कार्यालय समेत रहने महासचिव चौलागाईको भनाइ छ ।

संघले निर्माण सामग्री आफैँ खरिद गर्ने र ज्यालादारीमा निर्माण काम गर्न एआर कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघको सहयोग र संघले आयोजना गरेको व्यापारिक मेला तथा उत्सवबाट उठेको रकम साथै व्यापारीहरुको संयुक्त सहयोगमा भवन निर्माण भइरहेको महासचिव चौलागाईंले बताउनु भयो ।

Exit mobile version