Home मुख्य समाचार १० वर्षीया बालिका बाबुबाटै बलात्कृत

१० वर्षीया बालिका बाबुबाटै बलात्कृत

हेटौँडा : मकवानपुरको बागमती गाँउपालिका–७ मा १० वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । गएको मंगलबार दिउँसो विद्यालयबाट फर्केर खाजा खाँदै गर्दा बालिका माथि ४२ वर्षीय बाबुले जबरजस्तीकरणी गरेको हो ।

पीडित बालिकाकी दिदीले बहिनीलाई बाबुले जबरजस्तीकरणी गरेको भनी बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी छिन् । प्रहरीमा जाहेरी दर्ता भएलगत्तै प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पीडित बालिका बालसंरक्षण गृहमा संरक्षणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पीडित बालिकाकी आमा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडितको परिवारमा ४ छोरी १ छोरा रहेकोमा पीडित बालिका सबैभन्दा कान्छी हुन् ।

Exit mobile version