Home खेलकुद बागमती फुटबल एकेडेमीको मुख्य प्रशिक्षकमा केसी

बागमती फुटबल एकेडेमीको मुख्य प्रशिक्षकमा केसी

मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएका मेघराज केसी ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले स्थापना गरेको बागमती फुटबल एकेडेमीको प्रशिक्षकमा मेघराज केसी नियुक्त हुनुभएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको फुटबल एकेडेमीका लागि केसीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको बागमती गाउँपालिका प्रमुख सर्केश घलानले बताउनु भयो ।

त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक समेत रहनुभएका केसीले अहिलेसम्म ८ वटा क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । बागमती गाउँपालिकामा खेलकुदको राम्रो वातावरण भएको हुनाले खेलाडीका लागि प्रचुर सम्भावना रहेको प्रशिक्षक केसीको भनाइ छ । यसअघि मुख्य प्रशिक्षक केसीको टोलीले नै एकेडमी सञ्चालनका लागि खेलाडी छनोट गरेको थियो ।

गाउँपालिकाले प्रत्येक वडाबाट १० देखि १४ वर्ष उमेर समूहका खेलाडी छनोट गरी एकेडेमी सञ्चालन गर्दैछ । एक वर्षका लागि केसीलाई प्रशिक्षक नियुक्त गरी गाउँपालिकाले प्रचलित नियमानुसार सेवा सुविधा उपलब्ध गराउने जनाएको छ । आगामी दिनमा पनि केसीलाई नै एकेडेमीमा निरन्तरता दिने गाउँपालिका प्रमुख घलानले जानकारी दिनु भयो ।

Exit mobile version