हेटौँडा : मकवानपुरको चुरियामाई नजिकै नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
घाइतेहरुलाई अहिले उपचारका लागि हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । हेटौँडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना भएको हो ।
