Home मुख्य समाचार राजनीतिक नेतृत्वमा इमान्दारिता भएन

राजनीतिक नेतृत्वमा इमान्दारिता भएन

कार्यशालाका सहभागीहरु

हेटौँडा : राजनीतिक नेतृत्वमा इमान्दारिता नहुँदा मुलुक नै कमजोर हुँदै गएको सरोकारवालाहरुले बताएका छन् । आइतबार हेटौँडामा जनपत्र मिडियाद्वारा आयोजित संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरुको पहिचान सम्बन्धी कार्यशालाका सहभागीहरुले समसामयिक सवालहरुमा छलफल गर्दै यस्तो विश्लेषण गरेका हुन् ।

कार्यक्रमका सहभागीहरुले राज्य गणतन्त्रमा परिवर्तन भएपछि सामाजिक समस्यामा पनि परिवर्तन भइरहेको भएपनि यि समस्यामाथि तीनै तहका सरकारहरुको नजर नपरेको उनीहरुको भनाई छ । जनतालाई अनुदान कार्यक्रम, समावेशीता, लगायतमा फट्याइँ गरेर निजी स्वार्थका लागि नेतृत्व तह लागीपरेकोले सुशासन कायम हुन नसकेको पनि सहभागिहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेशसभाका उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले जनताले अपेक्षा गरेका बिषयको १५ प्रतिशत पनि काम नेतृत्वले गर्न नसकेको स्विकार गर्नुभएको छ । उहाँले हालको बिचौलिया अर्थतन्त्रको चरित्र रहेको भन्दै यसमा परिवर्तन हुन सकेका मात्रा देशमा आर्थिक र सामाजिक बिकास हुन सम्भव भएको बताउनुभयो ।

जनपत्र मिडियाका अध्यक्ष हरि हुमागाइको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु भारती पाठक, धनेश्वरी प्रजापति, वरिष्ठ पत्रकार प्रताप विष्ट, गैरसरकारी सँस्था महासंघका केन्द्रिय सचिव आरती पाठक, नेपाल पत्रकार महासँघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायत विभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधीहरु एवं सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Exit mobile version