हेटौँडा : बागमती प्रदेशसभा बैठक बस्दैछ । सोमबार विहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने छ ।
प्रदेशसभाको उक्त बैठकमा विशेष समयको कार्यसूचि रहेको छ । विषेश समयमा सांसदहरुले समयसामयीक राजनीतिक, आर्थिक, सामाजिक तथा विकास निर्माण र निर्वाचन क्षेत्रका समस्या बारे आफ्ना धारणा राख्नेछन् । विषेश समयमा प्रत्यक सांसदलाई २ मिनेटको समय निर्धारण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा बोल्ने सांसदको लिष्ट लामो रहेकाले उक्त समय निर्धारण गरिएको हो ।
बैठकमा प्रदेश स्तरिय चिठ्ठा विधेयक व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको छ । बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयक माथिको प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने तयारी रहेको छ । विधेयक माथिको प्रतिवेदन समितिले आइतबारको बैठकमा पेस गरेको थियो ।
