Home मुख्य समाचार निबन्ध लेखन प्रतियोगिता हुने

निबन्ध लेखन प्रतियोगिता हुने

हेटौंडा : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार निर्देशनालयले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८२ को अवसरमा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा ‘डिजिटल युगमा साक्षरताको प्रवद्र्धन’ विषयमा निबन्ध लेख्नु पर्नेछ । प्रतियोगितामा प्रदेशभरका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालय (कक्षा ९ देखि १२) का विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।

निर्देशनालयका अनुसार निबन्ध ४ सयदेखि एक हजार शब्दभित्रको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हस्तलिखित निबन्ध आफ्नो विद्यालयमार्फत् पठाउनु पर्नेछ भने विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको नाम, कक्षा, सम्पर्क नम्बर र अन्य विवरण प्रमाणित गरी पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

प्रतियोगितामा विद्यालयबाट छनोट गरिएका उत्कृष्ट निबन्धहरु भदौ १९ गतेभित्र शिक्षा विकास निर्देशनालयको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ । निर्देशनालयले उत्कृष्ट निबन्ध छनोट गरी २३ भदौमा पुरस्कृत गर्ने जनाएको छ ।

Exit mobile version