Home मुख्य समाचार आँखा अस्पतालको आकस्मिक सेवा मात्र खुल्ला रहने

आँखा अस्पतालको आकस्मिक सेवा मात्र खुल्ला रहने

हेटौंडाः हेटौंडा–१०, स्थित सामुदायिक आँखा अस्पतालले साउन ३१ गतेसम्म आकस्मिक सेवा मात्र खुल्ला रहने जनाएको छ । अस्पतालका एक सुरक्षाकर्मीमा सोमबार कोरोना पुष्टि भएसँगै अस्पतालको सम्पूर्ण विभागहरु सफाइ गर्नुपर्ने भएकाले साउन ३१ गतेसम्म आकस्मिक बाहेकका अन्य सेवाहरु सबै बन्द गरिएको अस्पतालका प्रशासकिय अधिकृत सुधीर श्रेष्ठले बताउनुभयो । साउन ३१ गतेपछि भने पुनः अन्य सेवाहरु पनि सञ्चालन गरिने उहाँको भनाइ छ । आज आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले डिसइन्फेक्सन गरेको छ ।

Exit mobile version