Home मुख्य समाचार लायन्सको सेकेण्ड भिडिजीमा यादव

लायन्सको सेकेण्ड भिडिजीमा यादव

जिबछ प्रसाद (जेपी) यादव ।

हेटौँडा : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मकवानपुरका जिबछ प्रसाद (जेपी) यादव चयन हुनुभएको छ । आइतबार हेटौँडामा भएको निर्वाचनमा यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

हरिवंश भेटवालको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले आइतबार यादवलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको छ । यसअघिका सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर मकवानपुरकै सुदर्शन अधिकारीको निधनपछि रिक्त रहेको पदमा शनिबार निर्वाचन गरिएको हो । यादवलाई निर्वाचित घोषणा कार्यक्रममा लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, टासी डोल्मा तुम्बाहाङ्फेको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version