Home मुख्य समाचार एक क्वीटल १२ किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ

एक क्वीटल १२ किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ

प्रहरीले बरामद गरेका लागूऔषध गाँजा ।

हेटौँडा : मकवानपुर प्रहरी लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ४ बजेर १५ मिनेटको समयमा हेटौँडा–३, बसामाडीबाट विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ६५४९ नम्बरको इभि गाडीबाट लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गाडी चालक काभ्रे जिल्ला पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङ, गाडीमा सवार २० वर्षीय सविन तामाङ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–८ का २२ वर्षीय सागर तामाङलाई सुरक्षा जाँच गर्दा गाँजा बरामद गरेको थियो । प्रहरीले उनिहरुको साथबाट एक क्वीटल १२ किलो ७ सय ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version