Home मुख्य समाचार लागूऔषध खैरो हेरोइनसहित सम्झना र सोनिका हेटौँडाबाट पक्राउ

लागूऔषध खैरो हेरोइनसहित सम्झना र सोनिका हेटौँडाबाट पक्राउ

प्रहरीले सम्झना र सोनिकाको साथबाट बरामद गरेको लागूऔषध ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जना महिलालाई पक्राउ गरेको छ । शनिबार राती साढे ८ बजेको समयमा हेटौँडा–१५, रातोमाटेबाट ३ ग्राम १५० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ घर भई हाल हेटौँडा–१०, बसपार्क बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ घर भई हेटौँडा–१०, बसपार्क बस्ने २३ वर्षीय सोनिका क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार भई आएका सम्झना र सोनिकाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको जनाएको छ । यस्तै उनीहरुको साथमा रहेको मोबाईल चार्जर भित्र लागूऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । सेतो पदार्थको परीक्षणको प्रयास भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले सम्झना र सोनिकालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Exit mobile version