Home मुख्य समाचार सुकौराबाट कार्की खोलाले बगाएका बम्जनको शव मनहरीमा फेला

सुकौराबाट कार्की खोलाले बगाएका बम्जनको शव मनहरीमा फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्कीखोलाले बगाएर बेपत्ता भएका विनोद बम्जनको शव मनहरी गाउँपालिकाको राप्तीखोला किनारमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुुसार आइतबार दिउँसो राप्ती खोला किनारमा शव फेला परेको जनाएको छ ।

आइतबार दिउँसो १ बजेर ४० मिनेटको समयमा मनहरी–९, ज्यामिरेस्थित राप्तीखोलाको किनारमा विनोदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा मकवानपुरगढी–२ स्थित कार्कीखोलाको बाढीमा परेर विनोद बेपत्ता भएका थिए ।

मकवानपुरगढी–७, सुकौरास्थित पसलबाट घरतर्फ जाँदै गरेको अवस्थामा कार्की खोलाले बगाएको प्रवक्ता अर्यालको भनाई छ । मुचुल्का कार्य सम्पन्न गरी शवलाई हेटौँडा अस्पताल मकवानपुरको शव गृहमा राखिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा विनोदकी बहिनी सम्झना भोम्जनले शव पहिचान गरेको प्रवक्ता अर्याालले बताउनुभयो ।

Exit mobile version