Home कला मुक्तक संग्रह मञ्जरी विमोचन

मुक्तक संग्रह मञ्जरी विमोचन

मुक्तक संग्रह मञ्जरी विमोचन गरिँदै ।

हेटौँडा : मुक्तक संग्रह ‘मञ्जरी’ विमोचन गरिएको छ । शनिबार हेटौँडामा झरना साहित्यिक परिवार मकवानपुरको ३१७औं साहित्य शृङ्खलामा मुक्तककार एसआर मञ्जरीको मुक्तक संग्रह विमोचन गरिएको हो ।

मुक्तककार एसआर मञ्जरीको पहिलो कृति ‘मञ्जरी’ मा २०१ वटा मुक्तक समावेश छन् । मुक्तक संग्रहमाथि साहित्यकार दीपक गौतमले समीक्षा गर्नुभएको थियो । उहाँले विदेशिएका सन्तानको अभावनमा भोग्नु परेका नैराश्यतालाई समेट्ने प्रयास गरिएको बताउनुभयो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यिक संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Exit mobile version