Home मुख्य समाचार सडक कर नउठाउन जिल्ला प्रशासनको सूचना

सडक कर नउठाउन जिल्ला प्रशासनको सूचना

सडक कर नउठाउन जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक कर नउठाउन जिल्लाका सबै स्थानीय तहलाई सूचित गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले संविधान विपरित हुने गरी स्थानीय तहले दोहोरो कर लागू गरेको उल्लेख गर्दै त्यसो नगर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सूचना हेटौँडा उपमहानगरपालिका लक्षित छ । हेटौँडा उपमहानगरपालिकाले राजमार्गमा अवरोध खडा गरी बाइपास सडकमा संविधान विपरित कर उठाउँदै आएको छ ।

चालु आर्थिक वर्षका लागि ठेक्का आव्हान गर्ने क्रममा उपमहानगरले व्यवसायीसँग मिलेमतो गरेको समेत देखिएको छ। सडक करको दर बढाए पनि उपमहानगरले ठेक्का आव्हान गर्दा न्यूनतम् कबोल रकम साविककै कायम गरेको थियो । ठेक्का प्रक्रिया विवादित बनेपछि ठेक्का सम्झौता हुन सकेन भने उपमहानगर आफैंले अमानतमा कर उठाइरहेको छ ।

Exit mobile version