Home मुख्य समाचार बानियाँ दलको नेता निर्वाचित भएको प्रदेश प्रमुखलाई जानकारी गराइयो

बानियाँ दलको नेता निर्वाचित भएको प्रदेश प्रमुखलाई जानकारी गराइयो

आफू दलको नेता निर्वाचित भएको प्रदेश प्रमुखलाई जानकारी गराउनु हुँदै नेता बानियाँ ।

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले आफू दलको नेता भएको जानकारी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई जानकारी गराउनुभएको छ । उहाँले बुधबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफू दल नेता चुनिएको पत्र प्रदेश प्रमुख देवकोटालाई बुझाउनुभएको हो ।

नेता बानियाँले बुधबार सम्पन्न निर्वाचनमा कुल ३५ मतमध्ये २२ मत प्राप्त गर्नुहुँदै संसदीय दलको नेता पदमा निर्वाचित हुनुभएको थियो । कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ५ को उपधारा (२) बमोजिम निर्वाचन गरिएको उक्त प्रक्रियामा बानियाँले कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दलको नेता चयन हुनुभएको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाले सरकार विस्तारको तयारी गर्नुभएसँगै नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई पत्र बुझाउनुभएको हो । कांग्रेस संसदीय अभ्यास अनुसार दलका नेता नै मुख्यमन्त्री हुने प्रक्रिया रहेकाले नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई भेट्नु भएको बताइएको छ । मुख्यमन्त्री लामाले आफुले गठबन्धनको सरकारको नेतृत्व गरेकाले तत्काल राजिनामा दिन नपर्ने बताउँदै मन्त्री परिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री लामाको सिफारिसअनुसार प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो १ बजे ३ जना मन्त्रीको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

Exit mobile version