Home मुख्य समाचार राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय समिति चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय समिति चयन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको संघीय निर्वाचन क्षेत्र नं २ र प्रादेशिक (क) क्षेत्रको समितिहरु सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न कार्यक्रममा संघीय क्षेत्र नं २ का लागि रामबहादुर थोकरको अध्यक्षतामा १६ सदस्यीय समिति चुनिएको हो ।

सोही क्षेत्रको प्रदेश क्षेत्र (क)का लागि १६ सदस्यीय समितिको अध्यक्षमा नवीन रायमाझी सर्वसम्मत हुनुभएको छ । दुबै समितिहरुको पहिलो बैठकले पदाधिकारीहरुको टुङ्गो लगाउने राप्रपा प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

शनिबार क्षेत्रीय समितिका पूर्वअध्यक्ष रामबहादुर घलेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्य थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु रामहरि न्यौपाने, रामबहादुर थोकरलगायत प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता थियो ।

Exit mobile version