Home मुख्य समाचार सिन्धुलीमा सवारी दुर्घटनामा परेर मकवानपुरका धर्मराजको मृत्यु

सिन्धुलीमा सवारी दुर्घटनामा परेर मकवानपुरका धर्मराजको मृत्यु

हेटौँडा : सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटनाम परेर मकवानपुरका एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ शितलपाटीस्थित बीपी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परेर मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको छ भने उनका भाइ निरज रेग्मी गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप राति करिब साँढे बाह्र बजे सडकबाट ५०० मिटर तल खोंचमा खसेको थियो । दुर्घटनापछि गम्भीर घाइते धर्मराज रेग्मीलाई उद्धारगरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइएपनि बिहान २ बजेर ४५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका चालक समेत रहेका उनका भाइ निरज रेग्मीलाई भने थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।

Exit mobile version