Home मुख्य समाचार प्रगति माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

प्रगति माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

निवर्तमान अध्यक्ष प्रदीप पराजुलीलाई सम्मान गरिँदै ।

हेटौंडा : हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको २४ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको हो ।

भेलामा विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयबाट एसईई मा ३ दशमलब ६ भन्दा बढी जिपीए प्राप्त गर्ने १२ जना विद्यार्थीलाई नगद दुई हजार रुपैयाँसहित सम्मान गरिएको छ । विद्यालयबाट एसईई परीक्षामा १ सय १८ जना सहभागी भएकोमा ९६ जना उत्तीर्ण भएका थिए ।

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका विषयगत शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायनलगायतका प्रतिभा प्रस्तुत गरेका थिए । भेलामा विद्यालयले स्थापना गरेको शैक्षिक छात्रवृत्ति कोषमा एक लाख रुपैयाँ दान गर्ने विमलकुमार घिमिरे, निरञ्जन ढकाल, सीतादेवी लामिछाने र रिया बिष्टलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पराजुलीले छात्रवृत्ति अक्षय कोषबाट विद्यालयका ५० जनाभन्दा बढी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघ पुनर्गठनसमेत भएको छ । संघमा २ वर्षका लागि हीरा भट्टको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । विद्यालयका प्रधानाध्यापक पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडाका अध्यक्ष सुकराम केसी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु ईश्वरीप्रसाद न्यौपाने, प्रदीप पराजुल, बिष्णुमणि अधिकारीलगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

Exit mobile version