हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजेको समयमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२, जानकी टोलस्थित केशव सुनुवारको घरबाट जुवा खेलिरहेको ठाउँबाट एक लाख ५४ हजार ६ सय ८० नगदसहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
केशवको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुवास साहको कमाण्डमा खटिएको प्रहरी टोलीले ४१ वर्षीय केशवसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले जीतपुर सिमरा–१ का ३० वर्षीय सुसन खाती सुनार, सिमरा–२ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमनकुमार भट्टराई, ४१ वर्षीय अभयकुमार श्रीवास्ताव, ५२ वर्षीय थहलबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५४ वर्षीय शिवजीप्रसाद साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलराम कुमार क्षेत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
