Home मुख्य समाचार ४१ जनाले रक्तदान गरे

४१ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता

हेटौँडा : बिहीबार र शुक्रबार दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको छन् । नेपाल मोवाइल व्यावसायी महासंघको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

शुक्रबार महासंघको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा १० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम मोवाइल एसोसियन अफ नेपाल मकवानपुरको सह–आयोजनामा भएको थियो ।

यस्तै बिहीबार हेटौँडा–५, स्थित जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा ३१ जनाले रक्तदान गरेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । अहिले केन्द्र रक्त अभाव नभएको सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version