Home मुख्य समाचार लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१० बाट शनि र सरोज पक्राउ

लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१० बाट शनि र सरोज पक्राउ

पक्राउ परेका शनि र सरोज । उनीहरुको साथबाट बरामद लागूऔषध खैरो हेरोइन ।

हेटौँडा : प्रतिवन्धित लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–१० बाट २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ बजेको समयमा हेटौँडा–१०, गोरक्षेश्वर मन्दिर परिसरबाट हेटौँडा–१० का ३३ वर्षीय शनि रानाभाट र हेटौँडा–११ का २९ वर्षीय सरोज बानियाँलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जनाएको छ ।

शनिको साथबाट ५८० मिलिग्राम र सरोजको साथबाट ५८० मिलिग्राम गरी १ ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरीले शनि र सरोजलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version