Home मुख्य समाचार थाहा–४ को जंगलमा एक पुरुष मृत फेला

थाहा–४ को जंगलमा एक पुरुष मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–४, जिरोथुमस्थित जगरघारी जंगलमा एकजना पुरुष मृत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो १ बजेर १५ मिनेटको समयमा स्थानीयले एक पुरुष मृत भेटेर प्रहरीलाई खबर गरेको थियो । स्थानीयले प्रहरी चौकी सिमभन्ज्याङमा खबर गराएपछि प्रहरी टोली खटिएर गएको थियो । प्रहरीका अनुसार शव सडेर गलेको अवस्थामा रहेको छ । प्रहरीले मृतकको पहिचान खुल्न नसकेको जनाएको छ ।

Exit mobile version