Home मुख्य समाचार मुख्यमन्त्री लामा बेलायत प्रस्थान, कृषिमन्त्री श्रेष्ठ कार्यवाहक मुख्यमन्त्री

मुख्यमन्त्री लामा बेलायत प्रस्थान, कृषिमन्त्री श्रेष्ठ कार्यवाहक मुख्यमन्त्री

मुख्यमन्त्री लामालाई विदाई गर्न विमानस्थल पुगेका प्रदेश सरकार मन्त्री, विभिन्न पदाधिकारी तथा आफन्त ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा बेलायत प्रस्थान गर्नुभएको छ । निजी कामको सिलसिलामा एक साताका लागि मुख्यमन्त्री लामा बेलायत जानुभएको हो ।

मुख्यमन्त्री लामा पारिवारिक काममा सहभागी हुन प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बुधबार बेलायत प्रस्थान गर्नुभएको हो । मुख्यमन्त्री लामा बेलायतमा छोरीको दीक्षान्त समारोहमा सहभागी हुन जानु भएको हो । बेलायतमा रहनुहुँदा मुख्यमन्त्री लामा धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

मुख्यमन्त्री लामाको विदेश भ्रमण अवधिमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले असार २५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको हो ।

Exit mobile version