Home मुख्य समाचार एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान पश्चात खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयले उत्तीर्ण हुने विद्यार्थी र विषयगत शिक्षकलाई सम्मानपत्रले सम्मान गरेको विद्यालयकी शिक्षक शर्मिला घिमिरेले जानकारी दिनुभयो ।

२०८१ सालको एसईई परीक्षामा सहभागी ६१ जनामध्ये १७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । एसईईमा एक जनाले जीपीए ३.६ भन्दा बढी र २ जनाले जीपीए ३.२ देखि ३.६ सम्म ल्याएको शिक्षक घिमिरेले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा यसवर्ष ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष १० कक्षामा ६६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version