Home मुख्य समाचार ठगीको अभियोगमा मकवानपुरका राधाकृष्ण र ढक्कल बहादुर चितवनबाट पक्राउ

ठगीको अभियोगमा मकवानपुरका राधाकृष्ण र ढक्कल बहादुर चितवनबाट पक्राउ

ठगीको अभियोगमा चितवनबाट पक्राउ परेका मकवानपुरका राधाकृष्ण र ढक्कलबहादुर ।

हेटौँडा : जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न बाहानामा ठगी गर्ने मकवानपुरका २ जनालाई चितवनको भरतपुर महानगरपालिका–३, सहिद चोकबाट पक्राउ गरेको छ । आइतबार विभिन्न बाहानामा ठगी गर्ने मकवानपुरको बागमती गाउँपालिका–१ का ५९ वर्षीय ढक्कल बहादुर थिङ र हेटौँडा–१९ का ६१ वर्षीय राधाकृष्ण ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्ति उल्लेख गरेको छ ।

चितवनको विभिन्न स्थानहरुमा विगत लामो समयदेखि नक्कली सुन देखाई ठगी गर्ने, डलर साट्ने भनी मानिसहरुलाई झुक्याएर ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातु १ थान, एक हजारको पाँचवटा नोट राखी पत्रिकाको पेपर पैसाको जस्तो बिटो बनाइएको एक थान, १० रुपैयाँको ९५ वटा नोट गरी माथि एक हजारको दुईवटा नोटले र्याप गरिएको एक थान, नगद ३० हजार ५ सय ९५ रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ३ थान बरामद गरेको छ । सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version