हेटौँडा : स्वर्गीय सुदर्शन अधिकारीको १३औं पूण्यतिथिमा बिहीबार हेटौँडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शोकसभा गरेको छ ।
सहकारीका संस्थापक सदस्य, वरिष्ठ सल्लाहकारको रुपमा रहनुभएका अधिकारीको स्मृतिमा सहकारीका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा श्रद्धाञ्जली सभा भएको हो । आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका अधिकारले सहकारीको स्थापना र विकासमा गर्नुभएको योजदानको चर्च गरिएको थियो ।
