Home मुख्य समाचार नगरस्तरीय शिक्षक हाजिरीजवाफमा बालबोध मावि प्रथम

नगरस्तरीय शिक्षक हाजिरीजवाफमा बालबोध मावि प्रथम

विजेता समूहलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा बालबोध मावि प्रथम भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौँडा उपमहानगर समितिले आयोजना गरेको प्रतियोगितामा हेटौंडा–१७ स्थित बालबोध माविका शिक्षकहरु कल्पना रावल र शंकर भण्डारीको समूह प्रथम भएको हो ।

प्रतियोगितामा हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयका शिक्षकहरु रचना अर्याल र रामकृष्ण विकको समूह दोस्रो भएको छ । हेटौँडा–१४ स्थित जनज्योति माविका शिक्षकहरु जनकबहादुर ऐर र अटल तितुङको समूह तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका २२ वटा विद्यालयका शिक्षकहरुको समूह सहभागी थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको हेटौंडा उपमहानगरपालिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा संगठनको राष्ट्रिय समिति उपमहासचिव श्रीराम दहालको प्रमुख आतिथ्य थियो । कार्यक्रममा संगठनको बागमती प्रदेश समितिका कोषाध्यक्ष लक्ष्मी भण्डारी, प्रदेश समिति सदस्यहरु सुनिल गौतम, बालकृष्ण श्रेष्ठ, लक्ष्मी प्याकुरेल, नेपाल शिक्षक महासंघ मकवानपुर अध्यक्ष जिधराज ढकाल, संगठनको मकवानपुर जिल्ला अध्यक्ष मुकुन्द न्यौपानेको विशिष्ट आतिथ्य थियो ।

प्रतियोगितामा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको सहसचिव सविता लामिछाने, लेखा समिति संयोजक रमेश रिजाल, लेखा समिति सदस्य शालिकराम घिमिरे, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद लामिछाने, संगठनको मनहरी गाउँपालिका अध्यक्ष राधिका मल्ल ठकुरीलगायतको आतिथ्य थियो ।

Exit mobile version