Home मुख्य समाचार शतप्रतिशत नतीजा हासिल गरेको एमबीबीएसद्वारा विद्यार्थी, अभिभावक र शिक्षक सम्मान

शतप्रतिशत नतीजा हासिल गरेको एमबीबीएसद्वारा विद्यार्थी, अभिभावक र शिक्षक सम्मान

सम्मान कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतीजा हासिल गरेको हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदन (एमबीबीएस) ले विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक समारोहका बीच सम्मान कार्यक्रम भएको हो ।

२०८१ सालको एसईईमा मकवानपुर बालविद्या सदनबाट १८ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा सतप्रतिशत नतिजा ल्याउन सफल विज्ञान विषय शिक्षक रवि वर्नवाल, गणित विषय शिक्षक गोपाल घिमिरे र अंकुर मिश्र, कम्प्युटर विषय शिक्षक डायण्ड रुपाखेती, अङ्ग्रेजी विषय शिक्षक सृजना थापामगर, सामाजिक विषय शिक्षक सुदीप राज गिरी र नेपाली विषय शिक्षक उमाकान्त आचार्यलाई सम्मान गरिएको थियो । सतप्रतिशत नतिजा प्राप्त गर्न मिहिनेत गर्नुहुने विद्यार्थी र शिक्षकसँगै विद्यार्थीका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण गरेर उत्कृष्ट नतिजा प्राप्त गर्नमा योगदान गर्नुहुने अभिभावकहरुलाई समेत विद्यालयले सम्मान गरेको प्रिन्सीपल गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमबीबीएसका पूर्वविद्यार्थी रहँदै ज्योति माविबाट एसईई उत्तीर्ण २ विद्यार्थी र सुनगाभा शिक्षा निकेतनबाट उत्तीर्ण १ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक तथा विद्यार्थीले विद्यालयसँग जोडिएका अनुभवहरु प्रस्तुत गरेका थिए । वडाध्यक्ष बानियाँले एमबीबीएस वडाकै गहना भएको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई चाँडै नै सम्मान गरिने तथा कक्षा ११ र १२ पढ्न आवश्यकता अनुसार छात्रवृत्ति प्रदान गरिने समेत बताउनुभयो ।

विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीको अध्यक्षता तथा वडा अध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य योगराज खतिवडा, विद्यालय व्यवस्थापन समितिकी सदस्य बबिता बानियाँ, शिक्षक अभिभावक संघका सदस्य आईतमान नेगीको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version