Home मुख्य समाचार हेटौँडा हुँदै परवानीपुर पुगेको जिपमा गाँजा, मकवानपुरका ३ सहित ४ जना पक्राउ

हेटौँडा हुँदै परवानीपुर पुगेको जिपमा गाँजा, मकवानपुरका ३ सहित ४ जना पक्राउ

लागूऔषध गाँजासहित पक्राउ परेकाहरु ।

हेटौँडा : हेटौँडा हुँदै बारा जिल्लाको परवानीपुर पुगेको एक जीपमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । शनिबार बिहान ८ बजेर ३० मिनेटको समयमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा बारा प्रहरीले पथलैया–बीरगन्ज सडकखण्डको परवानीपुरमा सुरक्षाजाँच गर्ने क्रममा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको योद्धा पिकअप जीपमा २ सय १२ किलो ९२८ ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

गाँजासँगै बारा प्रहरीले मकवानपुर जिल्लाका ३ र धादिङ जिल्लाका १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चालक मकवानपुरको थाहा नगरपालिका–४, पालुङका २८ वर्षीय रवि कार्की, थाहा–१२, टिस्टुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा–१४, उत्तरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, आपसीचोकका ३१ वर्षीय महेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुसको बोराले छोपेर लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

Exit mobile version