Home मुख्य समाचार गैँडाको आक्रमणबाट ५० वर्षीय दराईको मृत्यु

गैँडाको आक्रमणबाट ५० वर्षीय दराईको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–६, स्याउलीटोलमा गैंडाको आक्रमणबाट ५० वर्षीय सनिचर दराईको मृत्यु भएको छ । घरदेखि एक सय मिटर दक्षिणतर्फ घाँस काट्न गएका दराईलाई अचानक गैँडाले आक्रमण गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । दराईको शव भरतपुर अस्पताल लगिएको छ ।

Exit mobile version