Home मुख्य समाचार कुन्छालमा वृद्धलाई ठक्कर दिने गाडी भेटियो

कुन्छालमा वृद्धलाई ठक्कर दिने गाडी भेटियो

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१, कुन्छालमा एक वृद्धलाई ठक्कर दिएर भागेको गाडी प्रहरीले भेट्टाएको छ । सीसी क्यामेरामा कैद भएको दृश्य विश्लेषण गरी आवश्यक अनुसन्धान गर्दा चित्लाङ–चन्द्रागिरी सडकखण्डको कुन्छालमा वृद्धलाई ठक्कर दिएर भागेको बा प्र ०३–००१ च १७८७ नम्बरको योद्धा (बलेरो) गाडी थाहा–२, फाँटबजारबाट बिहीबार राती ९ बजेको समयमा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज प्रहरी निरीक्षक सविन बाबु अर्यालले जानकारी दिनुभयो ।

थाहा नगरबाट काठमाडौंका लागि तरकारी ढुवानी गर्ने योद्धा जीप बिहीबार दिउँसो ३ बजेको समयमा काठमाडौंबाट थाहा नगरतर्फ आउने क्रममा वृद्धलाई ठक्कर दिएर भागेको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका थाहा नगरपालिका–६ बज्रबाराहीका .७० वर्षीय सिताराम महर्जनको उपचारको क्रममा साँझ ५ बजेको समयमा काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले वृद्धलाई ठक्कर दिने जीप र जीप चालक धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१ का २२ वर्षीय प्रकाश तामाङ र बलेरोमा सवार थाहा–२ का १८ वर्षीय सुजल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप चालक प्रकाश तामाङको सवारी चालक अनुमतिपत्र रहेको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो ।

Exit mobile version