Home मुख्य समाचार गाडीको ठक्करबाट थाहा नगरमा वृद्धको मृत्यु

गाडीको ठक्करबाट थाहा नगरमा वृद्धको मृत्यु

हेटौँडा : गाडीको ठक्करबाट मकवानपुरको थाहा नगरपालिका–६ का सिताराम महर्जनको मृत्यु भएको छ ।

बिहीबार दिउँसो ३ बजेको समयमा थाहा नगरपालिका–१, कुन्छालमा गाडीको ठक्करबाट गम्भीर घाइते भएको ७० वर्षीया महर्जनलाई उपचारका लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउँदा महर्जनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । महर्जनलाई ठक्कर दिने गाडीको भने पहिचान हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले गाडीको खोजी गरिरहेको बताएको छ ।

Exit mobile version