हेटौँडा : ७४ औं स्काउट स्थापना दिवसको अवसरमा हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । बिहीबार मकवानुपरका उल्लेख्य संख्यामा विद्यालयमा स्काउट स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् ।
बालज्योति स्काउट ट्रूप र बालज्योति माविको संयुक्त आयोजनामा भएको हाजिरीजवाफ प्रतियोगितामा कृषा ढुंगेल, प्राप्ती तिमल्सिना, अर्पिता पोखरेल र सृष्टि तिमल्सिनाको समूह प्रथम भएको छ । क्रिचा गौतम, सिम्रन सापकोटा, एन्जल पोखरेल र अर्पिता सापकोटाको समूह द्वितीय हुँदा आकृति सुवेदी, सचिना गौतम, सुस्मा पोखरेल र निस्मा थापाको समूह तृतीय भएका छन् ।
स्काउट शिक्षक जमुना थापाको संयोजकत्वमा हाजिरीजवाफ कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक भरतप्रसाद अर्यालको अध्यक्षता तथा वडा सदस्य रन्जिता सिलवालको प्रमुख आतिथ्यमा हाजिरीजवाफ प्रतियोगिता भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोख्रेल, सदस्य धनमाया लामा, शोभा भट्टराई, ट्रूप लिडर निरज मल्ल, दिपशीखा थापाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा स्काउट पूर्वजिल्ला कमिटी सदस्य, विद्यालयका शिक्षक शोभा भट्टराईलाई सम्मान समेत गरिएको थियो ।
