हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरेमा सर्पले टोक्दा एक महिला विरामी भएकी छन् । ५६ वर्षीया माया परियारलाई आँगनमै सर्पले टोकेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
सर्पले टोकेर स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर गएकी मायालाई साँझ गाह्रो भएपछि बुधबार राती १२ बजेर ४० मिनेटको समयमा हेटौँडा अस्पताल पु¥याइएको थियो । मायाको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
