Home मुख्य समाचार बालमन्दिर र आशा विशेष पाठशालालाई सहयोग

बालमन्दिर र आशा विशेष पाठशालालाई सहयोग

हेटौंडाः जेसीआई बसामाडीको जेसीज सप्ताह २०२० अन्तर्गत पाचौं दिन बिहीबार भीमफेदी गाउपालिकास्थित बालमन्दिर र हेटौंडा–६, गौरीटारस्थित आशा विशेष पाठशालालाई सहयोग गरिएको छ । जेसीआई बसामाडीले बालमन्दिरलाई खाद्यान्न, खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ भने आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।

बिहीबार बिहान भीमफेदीस्थित बालमन्दिरमा जेसीआई बसामाडीका अध्यक्ष बिबेक बजगाईंको सभाध्यक्षता तथा मानव अधिकार एलायन्सका अध्यक्ष तुलसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १२ हजार रकम बराबरको कापी, कलम, चार्टपेपर, बल, चामल, नुन लगायतका खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा मूल कार्यक्रम संयोजक गौतम केसी, बालमन्दिरका प्रमुख सुरेन्द्र सापकोटा, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, प्रमुख अतिथि तुलसी रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो । सलिम मियाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई बसामाडीका पूर्व अध्यक्षहरु, जेसीआई बसामाडी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै बिहीबार दिउसो हेटौंडा–६, गौरीटारस्थित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रमा जेसीआई बसामाडीले खाद्यान्न सामग्री सहयोग गरेको हो । जेसीआई बसामाडीका अध्यक्ष बिबेक बजगाईंको सभाध्यक्षतामा भएको कार्यक्रममँ नेकपा मकवानपुरका सचिवालय सदस्य बालकृष्ण चौलागाईको प्रमुख आतिथ्य रहेको थियो । १२ हजार रकम बराबरको चामल, मस्यौरा, जुुस, दाल, विस्कुट, पिठोलगायतका खाद्यान्न, सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण चौलागाई, जेसीआई बसामाडीका अध्यक्ष बिबेक बजगाई, मूल कार्यक्रम संयोजक गौतम केसी, आशा विशेष पाठशाला तथा पूनस्र्थापना केन्द्रकी प्रधानाध्यापक रुपा कार्की, जेसीआई बसामाडीका निवर्तमान अध्यक्ष सरोज अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सरोज देवकोटाको संयोजकत्वमा भएको हो ।

Exit mobile version