Home मुख्य समाचार हेटौँडामा बसले अन–टेस्ट कारलाई ठक्कर दियो, १० जना घाइते

हेटौँडामा बसले अन–टेस्ट कारलाई ठक्कर दियो, १० जना घाइते

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा बसले अन–टेस्ट कारलाई ठक्कर दिएको छ । शनिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल हुँदा विपरित दिशाबाट जाँदै गरेको अन–टेस्ट कारलाई ठक्कर दिएको थियो ।

ब्रसले अन–टेस्ट कारसँगै वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ४४० नम्बरको ट्याङकरलाई समेत पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परी बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेलाई उद्दार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ । घाइते मध्ये ६ जनाको अवस्था मध्यम रहेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version