Home मुख्य समाचार हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत

हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत

हेटौंडाः बागमती प्रदेशको राजधानी स्थित हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारले सहसचिव नवराज घिमिरेलाई पठाएको छ । आज घिमिरेलाई हेटौंडा उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा लागयत अन्य कर्मचारीहरुले स्वागत गरेका छन् । हेटौंडा उपमहानगरपालिका सहित देशभरका विभिन्न प्रमुख प्रशासकीय अधिकृतहरुलाई सरुवा गर्ने क्रममा घिमिरे हेटौंडा उपमहानगरपालिकामा आउनुभएको हो ।

यसअघि हेटौंडा उपमहानगरपालिकको प्रमुख प्रशासकीय अधिकृतमा गोपाल प्रसाद बगाले रहनुभएको थियो । अधिकांश प्रमुख प्रशासकीय अधिकृतहरु स्थानीय तहमा लामो समयसम्म नटिक्ने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अधिकांश कार्यहरु अगाडि बढ्न नसक्ने स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

Exit mobile version