हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१४, स्याउलीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका–२, पानधारेका ४२ वर्षीय भेषराज बोहोरा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाकारी दिएको छ ।
शुक्रबार दिउँसो २ बजेको समयमा मिटरबक्स जडान गर्न विद्युतको पोलमा चढी तार जोड्ने क्रममा करेन्ट लागेर भेषराज गम्भीर घाइते भएका थिए । घाइते भेषराजलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएको थियो । उनको उपचारको क्रममा दिउँसो ३ बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
