हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयमा शुक्रबार विद्यार्थीको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट विद्यालय कप्तानमा प्रतीक्षा लामा, उपकप्तानमा राजन गोले विजयी हुनुभएको छ । निर्वाचनबाट सदनगत कप्तान र उपकप्तानको पनि निर्वाचन गरिएको छ । सदनगत कप्तानमा अमिमा महर्जन, कौशिल्या गोले, कञ्चन फुयाल र सरोज अधिकारी तथा उपकप्तानमा राजन गोले, पेरिका मगर, युनिषा डिमडुङ र शीतल भट्टराई निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, चुनाव चिन्ह प्रदान, प्रचारप्रसार अवधि, मौन अवधि, मतदान, मतगणना, नतिजा र सपथ ग्रहण समेतका व्यवहारिक अभ्यासहरू अवलम्बन गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले बताउनुभयो । जनप्रियमा भएको निर्वाचन कार्यक्रमको वडाध्यक्ष रामकृष्ण कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले अनुगमन गर्नुभएको थियो ।
